बुधवार, 7 अप्रैल 2021

भटमासे काे बारेमा जानकारी



 भटमासे (Flemingia macrophylla) 

यो हाम्रो देशको मध्य पहाड र तराईमा लगाउन सकिने कोषे घाँस हो । यो झ्याड़िएर बढ़छ र पशुको लागि उपयोगी तथा पोषिलो मानिन्छ । यो घाँस बारीको कान्लामा र खासगरी डिलमा हरियो वारको लागि लगाउने गरिन्छ । यसलाई साधारण खनजोत गरेर पनि लगाउन सकिन्छ । भटमास रोपे जस्तै गरेर लगाए पनि हुन्छ । 


सार्ने समय र तरिका

यो घाँस मकै छरी सकेपछि जेष्ठ-असारमा लगाउनु पर्छ। बीउ रोप्ने भए जोत्न लगाउँदा वेश हुन्छ विरूवाको वरिपरिको झरहरू गोडमेल गरी साधारण हेरविचार गर्नु पर्दछ सकभर भटमासे रोपेको ठाउँमा रहरी रोप्नु हुदैन । 


कटाई भुँईबाट दुई हात बाँकी राखेर काट्ने र पशुलाई खुवाउने। सानो झाडी हुने भएकोले बाखाको लागि बढी उपयोगी मानिए पनि सबै पशुवस्तुको लागि उत्तिकै फाईदाजनक हुन्छ । यो विरूवाले नाईट्रोजन मल बनाउने भएकोले संगै भएको घाँसको पनि पौष्टिक तत्व बढाउँछ ।

किम्बु घाँस काे बिरुवा बिक्रीमा

 किम्बु(Morus alba)

किम्बु छिटो बढ्ने बहुउद्देश्यीय, बहुवर्षीय पतझर डाले घाँस हो । यसको जरा धेरै गहिरो सम्म जाने भएकाले भू-संरक्षणका लागि उपयुक्त मानिएको छ । यो विभिन्न देशहरूमा परम्पराकालदेखि रेशम किरा उत्पादनको लागि प्रयोग गर्दै आएको देखिन्छ राम्रो मानिएका प्रजातीमा M. alba र M. nigra को उत्पति हिमाल पाखाबाट भएको बुझिन्छ । एफ. ए. ओ., १९९० ले किम्बुमा अत्यावश्यक पौष्टिक तत्वहरू भई पशु आहाराको लागि उपयुक्त भएकाले यसको प्रयोगलाई प्रोत्साहन गरेको छ यसमा २० प्रतिशत भन्दा बढि कच्चा प्रोटिन पाइन्छ।
 

घाँसका बिरुवाहरु

मनसुन सक्रिय भए पस्चात लगाउन सकिने बहुवर्षीय डालेघाँसका विरुवा हरु । ठुलो रुख हुने बडहर, निमाराे, राइखन्यु, जस्ता घाँस का विरुवा र बुट्यानम...