मुलाटाे घाँस ( Barchiria Hybrid mulato)
मुलाटाे एक वर्णशंकर बहुवर्षिय अकाेसे घाँस हाे । याे घाँस एक पटक लगाएपछि 2 वर्ष भन्दा बढि अवधिसम्म उत्पादन लिन सकिने , अति पाचनशिल तथा पाैष्टिकताले भरिपुर्ण मघ्येकाे एक मानिन्छ । यसकाे प्रसारण जरासहितकाे डाँठ र विउ दुबैबाट हुन्छ । याे घाँसकाे धेरै जराहरु गाँजिएर अाउने कारणले यसले बढि नै सुख्खा माैसम पनि सहन सक्छ । यसकाे उत्पादन सन् १९८९ मा भएको भए पनि नेपालमा यसकाे विउ सामुदायिक पशु विकास अायाेजना (CLDP) मर्फत सन् २००३ तिर भित्रीएकाे हाे । याे घाँस ९० -१२० दिनमा चरनकाे लागि तथा काट्नकाे लागि तयार हुन्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें