नेपियर (pennisetum purpureum)
उचाइ 2-3 मिटर सम्म हुने र धेरै नै गाँज हाल्ने नेपियर नेपालकाे प्रायः हरेक भु-भागमा पाहिने वहुवर्षीय घाँस हाे । एक पटक लगाएपछि वर्षाै सम्म काटन पाइने र तुलनात्मक रुपमा अरु घाँसकाे दाँजोमा उत्पादन पनि बढि हुने हुनाले किसानहरु माझ याे घाँस लाेकप्रिय छहावापानी तथा माटाे
यस घाँसकाे खेति उष्ण तथा समशिताेष्ण हावापानीमा गर्न सकिन्छ यसलाई वार्षिक वर्षा 780-1820 मि•मि• सम्मको आवश्यकता हुन्छ । यश घाँस खेति सिम जग्गा बाहेक सबै किसिमको माटोमा गर्न सकिन्छ पनि नजम्ने पाँगाे दाेमट तथा बलाैटाे माटाे यसकाे लागि उपयुक्त हुन्छ सिँचाइकाे सुबिधा छ भने फाल्गुनकाे अन्त्य तथा चैत्र वैशाख र आकासकाे पानिकाे भरमा लगाउनु परेमा जेष्ठ र आषाढमा याे घाँस राेप्नुपर्दछ । माटो खनजाेत गरि 50 के.जि. नाईट्राेजन 50 के.जि. फस्फाेरस तथा 30-40 के.जि. पाेटास र गाेबरमल हालेमा करिव 10 टन प्रति हेक्टरका दरले मिसाएर यसबाट राम्रो उत्पादन लिन सकिन्छ । राेपेकाे करिव 3 महिनापछि प्रथम पटक काट्न सकिने हुनाले प्रत्येक कटाइपछि 25 देखि 30 के.जि. प्रति हेक्टर का दरले नाइट्राेजन मल छर्नुपर्छ ।बिउ राेप्ने समय तथा बीउ दर
दुई आँख्ला भएको डाँठ काटि , 1 मि. काे दुरीमा करिव 45 डिग्री काे छड्के गारेर 1 आँख्ला जमिनमुनि र एक आँख्ला जमिनमाथि पारेर गाडेमा नेपियर सजिलै सर्छ ।अवस्था हेेरी हरेक लाईनमा एउटा डाँठ र अकार्काे दुरि 20-30 से.मि. काे फरकमा लगाउन सकिन्छ । फाल्गुन चैत्रमा लगाउँदा शुरुमा सर्नकाे लागि केहि समय लाग्ने र गाँज हाल्न पनि नसक्ने हुनाले वरिपरि झारले ढाकेर यसलाई समस्या पार्दछ । तर वर्षा लाग्नासाथ नेपियर मज्जाले गाँजिएर आँउछ ।घाँस उत्पादन
नेपियर काट्दा करिब 15 देखि 20 से.मि. छाडेमा राम्ररी पलाउन सक्छ । वर्षाभरिमा 7 देखि 8 पटक सम्म काट्न सकिने याे घाँस उत्पादन 130-140/50 टन हरियाे घाँस प्रति वर्ष प्रति हेक्टर का दरले लिन सकिन्छ । अकाेषे वालि भएका कारणले यसमा कच्चा प्राेटिन 6 देखि 11% मात्र पाइन्छ ।IGFRI-6,NB-5,NB-17 र हाइव्रिडमा NB-21,Co-3, super fast , Co-5 अलि वढि प्रचलन मा छन् । यी नेपियर भेराइटि हरु का गुणहरु र विषेशता हरु पनि फरक फरक हुन्छ । सुपर नेपियर र Co-5 ,Co-3,वढि नरम डाँठ कमलाे हुने र बढि उत्पादनशिल भएकोले आजकल धेरै लाेकप्रिय भएको पाइन्छ ।
नेपियर(pennisetum purpureum) काे बरेमा हामी माथि सबै जानकारी दिएका छै र यसका थुप्रै प्रचलित हाइव्रिड भेराइटि हरुका बारेमा जानकारी लिन चाहानु हुन्छ भने हामिलाई सम्झनुहाेस् ।
Gmail - forage604@gmail.com
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें