सोमवार, 14 फ़रवरी 2022

माेलासेस (Melnis minutioflora)




मोलासेस बहुबर्षिय अकोषे जातको घाँस हो । यसका साना मसिना हाँगाहरूमा लामो र चुच्चो परेको पातहरू हुन्छ । पातमा केहि स-साना मुसहरू हुन्छन् र छाम्दा च्यापच्याप लाग्ने र खुदो जस्तै वास्ना आउने हुन्छ । मलिलो चिस्यान भएको माटोमा यसका हाँगाका ग्रिखाहरूबाट जराहरू पनि पलाउँदछन् । यो घाँस बढिमा एक मिटर सम्म अग्लो हुन्छ ।


हावापानी र माटो
मोलासेस उष्ण तथा समशितोष्ण जलवायुमा हुने घाँस हो । त्यसैले यसलाई तराई तथा मध्य पहाडी क्षेत्रको १५०० मि. सम्म सफलतापूर्वक लगाउन सकिन्छ यो घाँसले ज्यादै ठण्डा तथा तुषारो खप्न सक्दैन र पानी जम्ने ठाँउमा पनि यो हुदैन । यसको लागि खासै राम्रो माटोको भने आवश्यकता पर्दैन । सामान्य खनजोत गरी आवश्यक मलखाद (५०) देखि ६० के.जी. नाईट्रोजन, सोही मात्रामा फोस्फरस र २५ देखि ३० के.जि. पोटास प्रति हेक्टर र यथेष्ट गोवरमल) मिसाई तयार गरिएको जग्गामा यो घाँस खेती गर्नु उपयुक्त हुन्छ । ठाउँ हेरी जेठ देखि असारसम्ममा बीउ छर्न सकिन्छ ।

बीउ रोप्ने समय तथा बीउ दर
मोलासेस सामान्यतया वैशाख / जेष्ठमा छरेर वा रोपेर लगाईन्छ । हिँउदमा पनि हरियो हुनसक्ने भएकाले सुख्खा अवस्थामा पनि किसानहरूले पशुवस्तुहरूलाई हरियो घाँस खुवाउन पाउने भएकोले यो घाँस वढी लोकप्रिय भएको हो । बीज मसिनो हुने हुनाले १ हेक्टरको निम्ति ४ देखि ५ के.जि भए पुग्छ । यसैगरी १ रोपनी जग्गाको लागि करीब २५० ग्राम २ १ कठ्ठाको लागि करिब १७० ग्राम बीउ आवश्यक पर्दछ ।

घाँस उत्पादन
यो घाँस पनि छरेको ७० देखि ८० दिनमा प्रथम पटक काट्न योग्य हुन्छ । समयमा नै नकाटेमा तलका डाँठहरू छिप्पिदै जान्छ र पौष्टिकतत्व कम हुन्छ, तसर्थ करिव २०-२५ से.मि. मा काटेर पुनः पलाउन दिनुपर्दछ । अकाषे भएकोले यसमा कच्चा प्रोटिन ४-१२% सम्म पाइन्छ, हरियो घाँस उत्पादनको दृष्टिले यो त्यति उत्पादनशील मानिदैन । नेपियरको भन्दा करिव एक चौथाई मात्र यसको घाँस उत्पादन हुन्छ ।
घाँस तथा पशु विकास श्राेत केन्द्र
गल्छि ७ भल्टार धादिङ
https://www.facebook.com/profile.php?id=100063586052257
https://maps.app.goo.g/kL4nZ7uAMfbsuvu4A
https://ghashbikashshrotkendra.blogspot.com
सम्पर्क नं
9841774982
9813130019
9861773790

मंगलवार, 1 फ़रवरी 2022

टियोसेन्टी

 टियोसेन्टी (Euchlaena mexicana)



टियोसेन्टी र मकै उस्तै प्रकृतिका घाँस हुन् । खासगरी मकै
प्रमुख अन्न वालीमा पर्ने भएकोले धौंसको निम्ति त्यति प्रयोग नगरी डाँठ, पात लुछेर खुवाउने चलन छ भने टियोसेन्टी पशुलाई खुवाउने हरियो घाँसकै रूपमा विकसित गरिएको हो । पात उस्तै भएता पनि टियोसेन्टी सामान्यतया मकै जत्तिको अग्लो हुँदैन, यसको डाँठ पनि मसिना हुन्छन् र यसको २ देखि ३ सरा सम्म गाँज निस्कन्छ मकै पुनः काट्न मिल्ने गरी नपलाउने भएकोले राम्ररी हुर्किएपछि मात्र काटिन्छ भने टियोसेन्टी २ पटक सम्म काट्न सकिन्छ । साथै मकै र टियोसेन्टी विच मूल भिन्नता भनेको पानी जम्ने वित्तिकै मकै पहेलिन्छ भने टियोसेन्टीले केही दिन सम्म जमेको पानी सहन सक्छ ।


हावापानी र माटो
यो घौसे वाली खासगरी गर्मी तथा समशितोष्ण हावापानी हुने क्षेत्रमा बढी लगाईन्छ। यो घाँस चिम्टिलो दोमटमा राम्रोसँग फस्टाउछ । मकैलाई जस्तै प्रतिहेक्टर १०० के.जि. नाईट्रोजन, ६० के जि. फोस्फरस र ४० केजी पोटास तथा गोबर मल राखी तयार पारिएको जग्गाबाट बढी उत्पादन लिन सकिन्छ । दुईपटक हरियो घाँस उत्पादन गर्न सकिने भएकोले एक पटक काटेपछि करिव ७५ के.जी. युरिया प्रति हेक्टर का दरले छर्दा बढी उत्पादन लिन सकिन्छ । बीउ रोप्ने समय तथा बीउ दर नेपालमा खासगरी तराइमा चैत्र/वैशाखमा लगाइने यो वाली पानी, सिंचाईको व्यवस्था भएको अवस्थामा हिउँदमा (असोज/कार्तिक) समेत लगाउन सकिन्छ । ४० देखि ५० केजी प्रति हेक्टरका दरले छरेर यसको खेती गरिन्छ । टियोसेन्टीको पाकेको बीउ खैरो हुनु पर्दछ। सेता/हल्का रंगका बीउ नपाकेका हुने हुनाले त्यस्तो बीउ छर्नु हुदैन ।

घाँस उत्पादन
चैत्र र वैशाखमा छ्दा टियोसेन्टीको हरियो घाँस उत्पादन/हे. ३०-३५ टनसम्म र वर्षामा लगाउँदा ४०-५० टन प्रति हेक्टर सम्म गर्न सकिन्छ । यसमा पनि कच्चा प्रोटिन ८-१०% सम्म मात्र हुन्छ र शुष्क पदार्थ करिव १८% हुन्छ । टियोसेन्टी २ पटक काट्न सकिने हुनाले १५ से.मि. भन्दा कम उचाइमा काट्दा पलाउने क्षमतामा हास आउदछ । सिर्सा जातको टियोसेन्टी अत्यधिक प्रयोगमा छ ।


घाँसका बिरुवाहरु

मनसुन सक्रिय भए पस्चात लगाउन सकिने बहुवर्षीय डालेघाँसका विरुवा हरु । ठुलो रुख हुने बडहर, निमाराे, राइखन्यु, जस्ता घाँस का विरुवा र बुट्यानम...