टियोसेन्टी (Euchlaena mexicana)
प्रमुख अन्न वालीमा पर्ने भएकोले धौंसको निम्ति त्यति प्रयोग नगरी डाँठ, पात लुछेर खुवाउने चलन छ भने टियोसेन्टी पशुलाई खुवाउने हरियो घाँसकै रूपमा विकसित गरिएको हो । पात उस्तै भएता पनि टियोसेन्टी सामान्यतया मकै जत्तिको अग्लो हुँदैन, यसको डाँठ पनि मसिना हुन्छन् र यसको २ देखि ३ सरा सम्म गाँज निस्कन्छ मकै पुनः काट्न मिल्ने गरी नपलाउने भएकोले राम्ररी हुर्किएपछि मात्र काटिन्छ भने टियोसेन्टी २ पटक सम्म काट्न सकिन्छ । साथै मकै र टियोसेन्टी विच मूल भिन्नता भनेको पानी जम्ने वित्तिकै मकै पहेलिन्छ भने टियोसेन्टीले केही दिन सम्म जमेको पानी सहन सक्छ ।
हावापानी र माटो
यो घौसे वाली खासगरी गर्मी तथा समशितोष्ण हावापानी हुने क्षेत्रमा बढी लगाईन्छ। यो घाँस चिम्टिलो दोमटमा राम्रोसँग फस्टाउछ । मकैलाई जस्तै प्रतिहेक्टर १०० के.जि. नाईट्रोजन, ६० के जि. फोस्फरस र ४० केजी पोटास तथा गोबर मल राखी तयार पारिएको जग्गाबाट बढी उत्पादन लिन सकिन्छ । दुईपटक हरियो घाँस उत्पादन गर्न सकिने भएकोले एक पटक काटेपछि करिव ७५ के.जी. युरिया प्रति हेक्टर का दरले छर्दा बढी उत्पादन लिन सकिन्छ । बीउ रोप्ने समय तथा बीउ दर नेपालमा खासगरी तराइमा चैत्र/वैशाखमा लगाइने यो वाली पानी, सिंचाईको व्यवस्था भएको अवस्थामा हिउँदमा (असोज/कार्तिक) समेत लगाउन सकिन्छ । ४० देखि ५० केजी प्रति हेक्टरका दरले छरेर यसको खेती गरिन्छ । टियोसेन्टीको पाकेको बीउ खैरो हुनु पर्दछ। सेता/हल्का रंगका बीउ नपाकेका हुने हुनाले त्यस्तो बीउ छर्नु हुदैन ।
घाँस उत्पादन
चैत्र र वैशाखमा छ्दा टियोसेन्टीको हरियो घाँस उत्पादन/हे. ३०-३५ टनसम्म र वर्षामा लगाउँदा ४०-५० टन प्रति हेक्टर सम्म गर्न सकिन्छ । यसमा पनि कच्चा प्रोटिन ८-१०% सम्म मात्र हुन्छ र शुष्क पदार्थ करिव १८% हुन्छ । टियोसेन्टी २ पटक काट्न सकिने हुनाले १५ से.मि. भन्दा कम उचाइमा काट्दा पलाउने क्षमतामा हास आउदछ । सिर्सा जातको टियोसेन्टी अत्यधिक प्रयोगमा छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें